जोडिनुहोस
alt
  • होमपेज
  • चितवनको कुसुमखोला घटना र चेपाङ युवकको मृत्यु प्रकरणः मानव अधिकार आयोगले थाल्यो अनुसन्धान

चितवनको कुसुमखोला घटना र चेपाङ युवकको मृत्यु प्रकरणः मानव अधिकार आयोगले थाल्यो अनुसन्धान

चितवन, साउन ९–

माडी नगरपालिका वडा नं.९ को कुसुम खोलाका चेपाङको घरमा चितवन राष्ट्रिय निकुञ्जले लगाएको आगो र निकुञ्ज सुरक्षार्थ खटिएका सेनाको कुटाईबाट मृत्यु भएका चेपाङ युवकको घटना बारे मानव अधिकार आयोगले अनुसन्धान थालेको छ ।

आयोगको वागमती प्रदेश कार्यालय सानेपाले घटनाको अनुसन्धान प्रक्रिया अघि बढाएको आयोगका सचिव वेद भट्टराईले जानकारी दिनुभयो । २०४८ सालदेखि कुसुम खोलामा बसोबास गर्दै आइरहेका चेपाङका दुई घरमा गत शनिबार निकुञ्जले आगो लगाएको थियो । दुई घर पूर्ण रुपमा क्षति पुगेको छ । घरमा आगो लगाई दिएपछि दुई घर परिवारको अहिले बिचल्ली भएको छ ।

यसैगरी बुधबार राती मृत्यु भएका राप्ती नगरपालिका–२ का २४ वर्षीय राजकुमार चेपाङ्ग मृत्यु प्रकरण बारे आयोगले ध्यानाकर्षण भएको जनाएको छ । निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेनाले गत साउन १ गते नियन्त्रणमा लिई कुटपीट गरी यातना दिएको थियो ।

‘यस प्रकृतिका कार्यबाट व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने अधिकार कुण्ठित हुन पुगेको तथा सामाजिक न्याय, आवासकोे हक लगायतका अधिकारहरूको समेत उल्लंघन हुन गएको देखिन्छ’ आयोगले भनेको छ ।

आयोगले आगजनी गरिएको र घर भत्काई विस्थापित तुल्याइएका व्यक्तिको उचित बासको लागि तत्कालै वैकल्पिक व्यवस गर्न सरकारलाई आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका