



चितवन, साउन ८
गायिका शिवा केसीको आवाजमा रहेको तीज गीत ‘ढुंगे छपनी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
तीजको अवसर पारेर गायिका शिवा केसी तथा गायक खेमराज पौडेलको आवाजमा रहेको तीज गीत ‘ढुंगे छपनी’ सार्वजनिक भएको हो ।
विगत केही वर्षदेखि जापानमा बस्दै आएका गायक तथा गायिकाले प्रवास बाटै भए पनि संघर्षका साथ सांगीतिक यात्रालाई निरन्तरता दिँदै आएका छन । बजारमा आएको ‘ढुंगे छपनी’ बोलको गीतमा अर्जुन सुवेदीको शब्द संयोजन र गायक सूर्य खड्काको लय रहेको छ ।
दुर्गा पौडेलको छायांकन रहेको गीतमा शंकर बिसीको निर्देशन रहेको छ । त्यसैगरी गीतमा रबिना भण्डारी र स्वयम् शंकर बिसीको अभिनय देख्न सकिन्छ । जापानको पेन्टा स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतमा खड्ग बाजुरालीको संगीत संयोजन रहेको छ ।