



एजेन्सी, साउन ३–
गत आइतबार कोरोना भाइरस (कोभिड–१९ं संक्रमण पुष्टि भएकी बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या अन्ततः अस्पताल भर्ना भएका छन् ।
चिकित्सकको निगरानीमा बस्नु पर्ने भएकाले शुक्रबार राति उनीहरुलाई अस्पताल भर्ना गरिएको हो । कोरोना संक्रमण पुष्टि भएपछि उनीहरु होम आइसोलेशनमा बस्दै आएका थिए । तर चिकित्सककै निगरानीमा बस्नु पर्ने भएपछि अस्पताल लगिएको समाचार एजेन्सी पीटीआईले उल्लेख गरेको छ । उनीहरुको अवस्था भने सामान्य नै रहेको बताईएको छ ।
यसअघि श्रीमान् अभिषेक बच्चन र ससुरा अमिताभ बच्चनलाई गएको हप्ता नै कोरोना पुष्टि भएपछि अस्पताल भर्ना गरिएको थियो ।
भारतमा गएको २४ घण्टामा मात्रै ३४ हजार आठ सय ८४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।