जोडिनुहोस

Banner

चितवन, असार ३१-

वातावरण दिवसको अवसर पारेर युथ क्लब नारायणगढले नारायणी नदी किनारको ड्याममा वृक्षरोपण गरेको छ ।

‘विरुवा रोपांै वातावरण संरक्षण गरौं’ भन्दै भरतपुर महानगरपालिका–१ को जोरकुसुम क्षेत्रमा खयर, अमला, कपुर, बाँस, कागतीलगायत ३०० विरुवा रोपेको क्लबका अध्यक्ष रामबाबु श्रेष्ठले जानकारी दिए । देवघाट वागेश्वरी नजिकै दियालो बंगला क्षेत्रमा वृक्षरोपण गरिएको हो । नारायणी नदीले कटान गर्न सक्ने भन्दै ड्याम निर्माण गरेको स्थानमा रोपिएको विरुवा संरक्षणका लागि अलगै कर्मचारीको व्यवस्था गरेको क्लबले जानकारी दिएको छ । कर्मचारीसँगै तारजाली लगाएर संरक्षण गर्ने क्लबका पूर्वअध्यक्ष भुवन आचार्यले जानकारी दिए ।

वृक्षरोपण गरेर मात्र नभई संरक्षण सबैभन्दा ठूलो चुनौती रहेको १ नम्बर वडाका जनप्रतिनिधि यमबहादुर बाचेमगरले बताए । कार्यक्रममा क्लबका उपाध्यक्ष शालिग्राम नेपालले वृक्षरोपणको उद्देश्यका बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा क्लबका पूर्वअध्यक्षहरु रोशन मास्के, निवर्तमान अध्यक्ष भगवानकुमार जोशी, जनप्रतिनिधि शुक्रकुमार श्रेष्ठ, क्लबका महासचिव किशोरबाबु पुरी, पूर्वमहासचिव विश्व ओझा, रामचन्द्र आचार्य विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *