



चितवन, असार २७-
बेटर चितवनले १६ औं सरसफाइ अभियानअन्तर्गत आज रत्ननगर नगरपालिका–२ टाँडीको नेपाल माविमा सरसफाई र वृक्षरोपण गरेको छ ।
वृक्षरोपण कार्यक्रममा रत्ननगरकी उपप्रमुख विमला दुवाडी, सोही वडाका वडाध्यक्ष तिलक शर्मा पौडेल, निवर्तमान अध्यक्ष कृष्ण अधिकारीको सहभागितामा रहेको थियो । अभियानका संयोजक सरोजध्वज भण्डारीलाई उपमेयर दुवाडीले वातावरण मैत्री अभियान चलाएकोमा धन्यवाद दिँदै अगामी दिनमा पनि निरन्तरता पाओस् भन्दै शुभकामना दिइन् ।
Yawatt nasochii sarsafai ma lagnu hola. Jaya hos sabai ko.