जोडिनुहोस
  • होमपेज
  • सति प्रथा समाप्तिको सय वर्षः अवशेषहरु अझै छन् समाजमा

सति प्रथा समाप्तिको सय वर्षः अवशेषहरु अझै छन् समाजमा

रचना सापकोटा –

भनिन्छ जहाँ नारीको पूजा हुन्छ त्यहाँ खुसीसाथ देवताहरूको बास हुन्छ । तर एक जमना यस्तो थियो जहाँ श्रीमान को मृत्यु हुँदा श्रीमती पनि सगैँ जलेर मर्नु पर्ने अवस्था थियो । नेपालको त्यो ‘कु’ प्रथालाई इतिहासले सति प्रथा भनेर चिन्दछ । सुन्दै अचम्म लाग्ने ‘सति प्रथा’ नेपाल बाट उन्मूलन भएको आज १०० बर्ष पुरा भएको छ । यो सय वर्षमा हामीले के पायौँ, के गुमायौँ सामाजिक जागरणको यो सय वर्षमा महिलाले के प्राप्त गरे ?

महिला हिंसाको सबैभन्दा चरम रुप मानिएको सतिप्रथाको नेपालमा औपचारिक रूपमा चन्द्र शंसेरले १९७७ असार २५ मा अन्त्य गरेका थिए । तर आज साच्चै सति प्रथा उन्मुलन भएकै छ त ? भन्ने प्रश्न अनेक उठ्ने गर्दछन । यहाँ अझै यस्ता कु–प्रथा कायम छन । जसले सति प्रथाको झल्को दिने गर्छ । शारिरिक दहन मात्र त रोकिएको हो, नारीलाई अझै पनि बोक्सी,बिधवा, छाउपडि र दाइजो प्रथाको नाममा मानसिक रूपमा जलाई रहेको छ मेरो समाजले । समाजमा घटेका घटनालाई नियाल्दा पछिल्लो समय झन दर्दनाक अवस्था छ । छाउपडीको नाममा प्राकृतिक बरदानलाई सरापको नजरले हेरिएको छ हाम्रो समाजमा । एउटा छोरी आमाको गर्वमा रहँदादेखि नै भेदभाव सुरु भएको उसको मृत्युपछि गरिने संस्कारमा पनि विभेद गरिन्छ । सति प्रथामा एउटा नारी एक पटक मर्थिन तर आज हाम्रो समाजले बारबार सयौ पटक मारिरहेको छ । सतिप्रथाका अझै अवशेषहरु हाम्रो समाजमा छन् ।

मेरो विचारमा सति प्रथा विस्तारै आएर मानिसहरूको बुद्धि र स्वार्थले गर्दा बिग्रिँदै आयो । अस्ति भर्खर हेटौँडामा घटेको सुस्मिता केसीको घटनालाई हेर्दा लाग्छ अझै पनि नारी प्रतिको सामाजिक सोच बदलिएको छैन । सति प्रथामा नारीको शरिर मृत श्रीमानको चिता माथी राखेर दहन गरिन्थ्यो । केही समयको लागी उसलाई अवश्य पिडा हुन्थ्यो तर अहिले श्रीमान मरेर गए पछि हाम्रो समाजले त्यो भन्दा बढि शारिरिक र मानसिक यातना दिन्छ । अनि हामी कसरी भन्न सक्छौ कि नेपालमा सति प्रथाको अन्त्य भयो ?

धर्म सस्कृतिका नाममा नारीमाथि गरिने दमन,शोषणको अन्त्य हुन जरुरी छ । यस्ता कु–प्रथा र कु– संस्कृतिको अन्त्य नै चेतनामूलक समाजको निर्माण हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका