जोडिनुहोस
  • होमपेज
  • रत्ननगरकी कोरोना संक्रमित महिला निको भइन, अस्पतालबाट डिस्चार्ज

रत्ननगरकी कोरोना संक्रमित महिला निको भइन, अस्पतालबाट डिस्चार्ज

चितवन,असार २३-

रत्ननगर नगरपालिकाकी कोरोना संक्रमित महिला अस्पतालबाट डिस्चार्ज भएकी छन । रत्ननगर ४ की २७ बर्षीय महिला १२ दिनको उपचार पछि कोरोना मुक्त भएकी हुन । असार ११ गते कोरोना संक्रमण पुष्टि भएकी २७ बर्षीया ति महिला असार १२ गते गुन्जमान सिंह अस्पतालमा भर्ना भएकी थिइन ।

पहिलो रिपार्ट पोजेटिभ आएको १२ औं दिनमा गरिएको दोश्रो पटकको रिपोर्ट नेगेटिभ आएपछि उनलाई घर पठाइएको अस्पतालका डा अंकित श्रीवास्तबले बताए । अस्पताल भर्ना हुँदा घाँटीमा सामान्य देखिएकी उनलाई सिटामोल र सामान्य एन्टिबोयोटिकले निको भएको उनले बताए । ‘औषधिले भन्दा पनि निरन्तरको काउन्सिलिङले उहाँलाई निको भएको हो उनले भने’, हामीले उहाँलाई दैनिक तीन पटक सम्म काउन्सिलिङ गरेका थियौं ।’

अस्पतालमा आयोजित एक कार्यक्रमका बीच रत्ननगरका मेयर नारायण वनले कोरोना परीक्षणको रिपार्ट र अस्पतालको डिस्चार्ज पेपर दिएर उनलाई अस्पतालबाट विदाई गरेका थिए । सो अबसरमा मेयर वनले कोरोना संक्रमितको उपचारमा सफल भएको भन्दै गुज्नमान सिंह अस्पताललाई धन्यावाद दिए । उनले भरतपुर अस्पतालमा हुन सक्ने विरामीको चापलाई मध्यनजर गरी गुन्जमानसिंह अस्पतालमा कोरोना संक्रमितको उपचार सुरु गरेको बताए ।

विदाई कार्यक्रममा अस्पतालका प्रशासक मोहन खड्का,रत्ननगर नगरपालिका स्वास्थ्य शाखा प्रमुख माधब प्रसाद पौडेल,स्वास्थ्य शाखाका उपप्रमुख नरहरि श्याम शर्मा,नगर प्रबक्ता राजेन्द्र हमाल,वडा नं ४ का वडाध्यक्ष रविन्द्र चौधरी लगायतको सहभागिता रहेको थियो । कोरोना संक्रमित निको भएसंगै रत्ननगर नगरपालिका कोरोना संक्रमण मुक्त नगरपालिका भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका