जोडिनुहोस
  • होमपेज
  • बाग्लुङका मृतक युवकमा कोरोना पुष्टि

बाग्लुङका मृतक युवकमा कोरोना पुष्टि

पोखरा, असार २१-

बागलुङको क्वारेन्टिनमा मृत्यु भएका युवकको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ।

गण्डकीका प्रदेश स्वास्थ्य प्रमुख डाक्टर विनोदविन्दु शर्मा क्वारेन्टिनमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।

केही समयअगाडि भारतबाट आएर ढोरपाटन नगरपालिका–४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टिनमा बसेका २९ वर्षीय युवकको आइतबार बिहान मृत्यु भएको थियो। लामो समयदेखि भारतमा बस्दै आएका उनी मिर्गौलासम्बन्धी रोगबाट पीडित थिए। योसँगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका