जोडिनुहोस
  • होमपेज
  • पार्टीलाई विभाजनबाट रोक्न कस्सिए नेकपाका केन्द्रीय सदस्यहरु

पार्टीलाई विभाजनबाट रोक्न कस्सिए नेकपाका केन्द्रीय सदस्यहरु

काठमाडौँ असार १९–

सत्तारुढ नेकपाका केन्द्रीय सदस्यहरु पार्टीलाई विभाजनबाट रोक्नका लागि नेतृत्वलाई दबाब दिन कस्सिएका छन् ।

यसअघि शुक्रबार बिहान पार्टीको दोस्रो तहका नेताहरु बसेर एकतालाई कायम राख्न नेतृत्वलाई दबाब दिने निर्णय गरेका बेला पार्टी कार्यालय धुम्बाराहीमा केन्द्रीय सदस्यहरु पनि भेला हुन थालेका हुन् ।

नेकपामा दोस्रो तहका नेताहरुको भेलाले अहिले पार्टीमा देखिएको विवाद गत मंसिर ४ र चैत २ मा भएका सहमतिमै टेकेरै सुल्झाउनु पर्ने र त्यसो गर्न सकिने निष्कर्ष निकालेको छ।कमी कमजोरी सच्याएर मिल्नुको विकल्प नभएको विषयमा नेतृत्वलाई दबाब दिने जनाएका छन् ।

रामकुमारी झाक्री, ठाकुर गैरे लगायतको अगुवाईमा नेकपाका केन्द्रीय सदस्यहरु भेला भइरहेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका