जोडिनुहोस

Banner

सुवास भट्टराई

विकास आफैमा एक गतिशील तथा प्रगतिशिल प्रक्रिया हो । विकास बिनाको अवस्था र व्यवस्था हामी कल्पना पनि गर्न सक्दैनौ सायद । समयको माग र आवश्यकतासँगै विकासको गति पनि परिवर्तन हुने गर्छ । विकास रुपान्तरणकारी प्रक्रिया पनि हो । त्यसैमा पनि अझ वर्तमान समयमा विकाससँग जोडिएको दिगो विकासलाई पनि सँगसँगै लिन कसरी सम्भव छ, भन्ने कुरालाई पनि विशेष जोड दिन आवश्यक छ । विकास केन्द्रीकृत नभई ग्रामीण क्षेत्रमा विकेन्द्रिकृत गरी तीव्र गतिका विकासको मुल फुटाउन आवश्यक छ । समाज दिन प्रतिदिन रुपान्तरण र चलायमानको प्रक्रियामा छ । त्यससँगै ग्रामीण बस्ती तथा इलाकामा पनि विकास र निर्माणको गति तीव्रत्तर हुनु पर्छ । समाज रुपान्तरणको लागि हरेक क्षेत्रमा कुनै न कुनै रुपमा विकास हुनु पर्छ ।

दिन प्रतिदिन कुनै न कुनै रुपमा विकास त भई नै रहेको छ । तर, जुन रुपमा ग्रामीण इलाका वा क्षेत्रमा विकास हुनुपर्ने हो त्यो चाहीँ भएको पाइँदैन । अरुले गरिदेला र हामीलाई सहज होला भन्ने मानसिकताबाट बिछिप्त हामी कहिले सम्म हुने ? हामी काममा भन्दा नि गफ गाफ र मौनतामा बढी रुमलिन पुगेका छौँ । अरुको मुख ताक्ने प्रकृतिले गर्दा सामान्य विकास निमार्णका कार्य पनि गर्न हामीलाई धौधौ परि राखेको अवस्था छ । हिजो जुन अवस्था थियो आज त्यो अवस्था अवश्य छैन नै । कसैले भोगेकोे कसैले देखेको र कसैले सुनेका कुरा पहिले पहिले ग्रामीण क्षेत्रका बाटो, घाटो, कुलकुलेशा, पुल पुलेसाको काम सामूहिकरुपमा ग्रामीणस्तरका जनसमुदाय मार्फत् जनसमर्थनबाट नै हुने गर्दथ्यो । तर, आज सामान्य खानेपानीको पाइप जोड्न नि हामी अरुको प्रतिक्षामा छौँ । हामी युवामा जोश जाँगर त छ तर हाम्रो जोश जाँगर खरानीरुपी भएको छ । अरुको परनिर्भरतामा रहने प्रवृतिको अन्त्य नै अहिलेको विकासको मुल विकल्पको आधार हो ।

हिजो भन्दा आज विकास त भएको छ र हुनु पनि पर्छ । यो विकासको सामान्य चरण पनि हो । तर, सामान्य विकास निर्माणको काम पनि अरुको निर्भरतामा भएको छ । बुहसंख्यक जनसंख्या ग्रामीण क्षेत्र भएको कुरा हामी सबैलाई सर्ववितितै छ । ग्रामीण इलाकामा बस्ने हाम्रो जमात पनि ठूलै छ । त्यसका पनि युवा पुस्ताको संख्या पनि धेरै छ । आजभोलि जसरी हुन्छ हाम्रो जोस र जाँगर ग्रामीण पूर्वाधार विकासमा केही प्रतिशत भए पनि लगाउन र खर्च गर्न सकियो भने नि सरकारको लागि र हामै्र समाजको लागि पनि धेरै राम्रो हुने थियो । परनिर्भरताको बाटो छाडी आफनो ठाउँ आफै बनाउ भन्ने उद्देश्य राख्यो भने विकास निर्माणको कार्यले अवश्य गति लिन्छ होला ।

ग्रामीण क्षेत्रको युवा पुस्ताको अगुवाइमा विकास गरी ग्रामीण क्षेत्रलाई थप हराभरा र कृषि उत्पादन तथा पकड क्षेत्रको रुपमा विकास गर्नु पर्छ । ग्रामीण क्षेत्रको उर्जारुपी माटोलाई उत्पादनशील क्षेत्रमा प्रयोग गरी कृषिमा आधुनिकीकरण ल्याई ग्रामीण क्षेत्रबाट पलायन हुने भन्दा नि आक्रमण गर्ने थलोको रुपमा विकास गर्नुपर्छ । प्रर्याप्त स्रोतसाधन हुँदा हुँदै पनि अरुको आश गर्ने बानीले गर्दा हामी ग्रामीण परिवेश भुल्न थालेका छौँ । युवा पुस्तामा हुने महत्वकांक्षी विचार र सोचले गर्दा आज हाम्रो ग्रामीण क्षेत्र ओझेलमा परेको छ । दिन प्रतिदिन हुने दक्ष युवा जमातको पलायनको कारणले गर्दा पनि हामी विकासमा पछि परिराखेका छौँ । अझैँ पनि माल पाएर पनि चाल पाउन सकेनै भने हामी विकासको क्षेत्रमा कछुवाकै गतिमा हुने पक्का छ ।

वर्तमान समाय जति सक्दो चाँडो नै ग्रामीण क्षेत्रको विकास गरि आमनागरिकलाई विकासको प्रत्याभूत गराउनु हाम्रो कर्तव्य हो । अब भाषण गरेर शासन गर्नु भन्दा नि विकास गरेर शासन गर्नु राम्रो हुने छ । हाम्रा केही अत्यावश्यक क्षेत्र जस्तै शिक्षा, स्वास्थ्य, खानेपानी सिचाइँ जस्ता क्षेत्रमा तुरुन्तै विकास ग¥यौ भने मात्र हामी थप अन्य विकासका कार्यक्रमहरु चरणबद्ध रुपमा विकास गर्न सक्थ्यौ ।
आ–आफनो ठाउँ र क्षेत्रमा धेरथोर भए पनि विकासका कार्यमा बिना स्वार्थ लागि प¥यौं र विकासको काममा थोरै भए पनि समय दिन थाल्यौ भने गा्रमीण विकास सहजरुपमा हुन सक्छ । हातमा हात र हरेक कुरामा हाम्रो साथ र सहयोग रह्यो भने ग्रामीण क्षेत्रको विकास हाम्रो लागि स्वर्णीम बगैँचा हुने छ । तपाईँ हाम्रै अग्रसरतामा केही गरै र गर्नु पर्छ भन्ने भावनाले काम ग¥यो भने मात्र हामी अगाडि बढ्न सक्छौ । हिजो विकासको नाममा जे भयो र जस्तो थियो ती पुराना कुराहरु बिर्सी अबको पालो हाम्रो र राम्रो विकास गर्नु नै हो । पहिला विकास अनि निकास भन्ने मूल नारामा साथ हामी अलि भएर अगाडि बढेमा मात्र हाम्रो शहरी तथा ग्रामीणसँगै समग्र विकासले स्थान पाउँछ ।

अझैँ पनि ग्रामीण इलाकामा खानेपानी, सिचाइँको लागि कुलो, सडक जस्ता अत्यावश्यक क्षेत्रको विकास यथासक्य चाँडो हुनु पर्छ । गा्रमीण सडकको हिलो र धुलोको निकास न खोज्ने हो भने तपाई हाम्रो पुस्ता इतिहासमै सम्झन लाहेक हुने छैन । सामान्य जनस्तरबाट हुन सक्ने विकास निर्माणका कार्यमा स्वयम् जनस्तरबाट तथा अग्रज व्यक्तिको साथ र सहयोगबाट कार्य गर्न सहज हुने छ । ठूला परियोजनामा स्थानीय सरकारको साथ र सहयोग लिदै द्रुतरुपमा अगाडि बढ्न सकिन्छ । भोलिवादको बाटो छोडी आजै काम गरौँ भोलि न कुरौँ भन्दै दिन रात गरी तपाईँ हामीले देखेका र पुस्तकको पानामा लेखेका असझिलो लाग्ने बाँकी रहेका कामलाई तुरुन्तै पूरा गरौं ।

समाजमा सामाजिक सद्भाव र एकता कायम गर्दै आफनो गाउँ बस्तीको विकासमा बढी जोड दिँदै अगाडि बढ्नु पर्छ । आफूसँगै भएको ज्ञान सिप र क्षमताको प्रयोग गर्दै ग्रामीण परिवेशलाई आमुल परिवर्तन गरी ग्रामीण परिवेशलाई सहज र सरल बनाउनु पर्छ । यसो गर्दा ग्रामीण क्षेत्रमा रहेको विकासको गरिबीलाई केही हदसम्म भए पनि मत्थर पार्न सकिन्छ । ग्रामीण क्षेत्रमा विकासको नाममा विनाश न निम्त्याउने हिसाबले तेरो र मेरो भन्ने गलत भावनाको अहम हटाइ ग्रामीण विकासमा तपाइँ हाम्रो सक्रिय सहभागिता हुन आवश्यक छ । आफूलाई समाजको बुद्धिजिवी ठान्नेहरुले पनि विकासका काममा साथ र सहयोग दिन आवश्यक छ । विकासको नाममा राजनीति गर्नेहरुलाई पाखा लगाई सहज वातावरण सिर्जना गरी विकासमा परिवर्तन ल्याउनु पर्छ ।

हाम्रो राम्रो कामले ग्रामीण परिवेशलाई मात्र नभई समग्र विकासलाई नै फाइदा हुने छ भने हाम्रो आउने भावी पुस्ताको लागि पनि राम्रो हुने छ । राजनीतिक रुपमा हाम्रो आस्था र विचार फरक भए पनि विकासको क्षेत्रमा तपार्इँ हाम्रो आस्था र विचारमा साथ र सहयोग अपरिहार्य छ । हाम्रो कल्पना सुन्दर ग्रामीण क्षेत्रको परिकल्पना भन्ने कुरालाई आत्पसाथ गर्दै कत्ती पनि ढिला नगरी सोच र विचार बदली विकास निर्माणको कार्यमा गति लिनु आवश्यक छ । समाजमा रहेको विकासको अन्धविश्वासलाई पछि पार्दै आगामी दिनमा उर्जाबान बनाउँदै विकास र निकासको कार्यलाई जोड दिनु पर्छ । तपाईँ र हाम्रो सक्रिय सहभागितासँगै विकास निमार्णको कार्यमा टेवा पु¥याउनु छ । हामीसँग भएको बल, बुद्धि र विवेकको प्रयोग गरी आम जनमानसमा विकासको प्रत्याभूति दिलाउनु पर्छ ।

ग्रामीण विकासका कार्यमा वातावरणमैत्री प्रविधिको प्रयोग गर्न सकेका विकासमा थप सहजता प्रदान हुने छ । त्यस्तै कृषि क्षेत्रको विकासमा परम्परागत कृषि प्रणालीलाई फेरबदल गरी आधुनिक कृषि प्रणालीमा रुपान्तरण गर्नका लागि हाम्रो शिक्षित जमातको सक्रिय सहभागितामा हुन आवश्यक छ । विकासको हरेक क्षेत्रमा शिक्षित युवा जमातको परिचालन गरी ग्रामीण विकासमा आमुल परिवर्तन ल्याउनु छ । विकासको मुल फुटाउनमा हामी युवा पुस्ताको ठूलो भूमिका छ । आशा छ हाम्रो आगामी दिनहरुमा विकास निमार्णको कार्यमा थप गति प्रदान हुने छ ।

( लेखक सुवास भट्टराई ग्रामीण विकासको विद्यार्थी हुन् ।)

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *