जोडिनुहोस
मङ्लबार, फाल्गुन १८, २०७७
मङ्लबार, फाल्गुन १८, २०७७
  • होमपेज
  • डब्ल्युएचओ भन्छ – कोरोनाको भ्याक्सिन तयार हुन अझै १८ महिना लाग्न सक्छ

डब्ल्युएचओ भन्छ – कोरोनाको भ्याक्सिन तयार हुन अझै १८ महिना लाग्न सक्छ

काठमाडौं, असार १४–

कोरोना भाइरसको भ्याक्सिन तयार हुन अझै १२ देखि १८ महिनासम्म लाग्ने विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले बताएको छ ।

एक अध्ययनका अनुसार विश्वमा केहीले कोरोनाबाट बच्न आफ्नो रोगप्रतिरोधात्मक क्षमता विकास गरेका छन् । विश्वका कैयन् देशमा कोरोना संक्रमण लाखौंको संख्यामा फैलिएको छ ।

कोरोनाको भ्याक्सिन तयार पार्न कैयन् देश लागिरहेका बेला डब्ल्युएचओको यस्तो भनाइ आएको हो ।

विश्वमा फैलिएका यस्ता महामारीको भ्याक्सिन तयार हुन समय लाग्ने र सबैभन्दा कम समय इबोला भ्याक्सिन बनाउन लागेको भन्दै डब्लुएचओले जनाएको छ । साथै डब्ल्युएचओले भ्याक्सिन बन्न समय लाग्ने भन्दै कोरोना महामारीबाट सचेत हुन भनेको छ । डब्लुएचओका अनुसार सामान्य भ्याक्सिन बनाउन ८ देखि १० वर्षसम्म लाग्न सक्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका