



काठमाडौं,असार १३-
विश्वमा सबैभन्दा बढी कोरोना भाइरसका संक्रमित संयुक्त राज्य अमेरिकामा देखिएका छन् । अमेरिकामा पछिल्लो २४ घण्टामा ४७ हजारभन्दा बढी संक्रमित थपिएका छन् ।
हालसम्म अमेरिकामा कोरोना भाइरस संक्रमित हुनेको संख्या २५ लाख ५२ हजार ८ सय ३९ पुगेको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा अमेरिकामा ६ सयभन्दा बढीको कोरोना भाइरसका कारण ज्यान गएको छ ।
पछिल्लो अपडेट अनुसार अमेरिकामा पछिल्लो २४ घण्टामा ४७ हजार २ सय २४ जनामा कोरोना संक्रमित पुष्टि भएको छ ।