जोडिनुहोस

Banner

चितवन, असार १०–

भरतपुर महानगरपालिकाले दलित समुदायसंग विवाह गर्नका लागि प्रोत्साहन गर्ने भएको छ ।

आज (सोमबार) छैटौं नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगरले महिला, दलित तथा लक्षित वर्ग उत्थान, सशक्तिकरण एवंम सामाजिक समावेशीकरण अन्तरगत दलितसंग विहे गर्न प्रोत्साहन गरेको हो ।

महानगरले दलितसंग प्रेम विवाह गर्नेलाई ५० हजार र एक लाख प्रोत्साहन रुवरुप पुरस्कार प्रदान गर्ने जनाएको छ । महानगरपालिका प्रमुख रेनु दाहालले भनिन्–‘कानुनले पूर्णरुपमा निषेध गरेको छुवाछुत एवंम बालविवाह मुक्त महानगर बनाउनका लागि संघ र प्रदेश सरकारसंग सहकार्य गरिने छ, जातीय छुवाछुतलाई निरुत्साहित गर्नका लागि दलितसंग प्रेम विवाह गर्नेलाई ५० हजार र दलितसंग मागी विवाह गर्नेलाई एक लाख प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गरिने छ ।

केही महिना अघि दलितसंग प्रेम गरेको आरोपमा रुकुम पश्चिममा ६ जना युवाले ज्यान गुमाउनु परेको थियो । सरकारले जातीय छुवाछुत निषेध गरे पनि व्यवहारमा लागू भएको छैन । छुवाछुत अन्त्यको माग गर्दै नेपालमा पटकपटक आन्दोलन हुँदै आइरहेको छ । यही छुवाछुत अन्त्यका लागि महानगरले यस्तो कार्यक्रम ल्याएको हो ।

यस्त महानगरले पिछडा वर्ग, सीमान्तकृत समुदाय, आदिवासी जनजाति, दलितलगायत विपन्न र पिछडिएका बस्तीहरुमा स्थलगत रुपमा नै व्यक्तिगत घटना दर्ता गर्न टोली खटाईने र प्रत्येक वडामा व्यक्तिगत घटना दर्ताका लागि घुम्ती शिविर संचालन गरिने जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *