जोडिनुहोस
बिहिबार, कार्तिक ११, २०७८
बिहिबार, कार्तिक ११, २०७८
alt
  • होमपेज
  • काेराेनाकाे जाेखिम बढेपछि बैतडी सदरमुकाम सिल

काेराेनाकाे जाेखिम बढेपछि बैतडी सदरमुकाम सिल

बैतडी, असार १०-

बैतडीको दशरथचन्द नगरपालिकाका बजारहरु आजदेखि असार १६ गतेसम्म सिल गरिएको छ । नगरपालिकाका मुख्य बजार क्षेत्रहरु जिल्ला सदरमुकाम देहिमाडाैँ, गढी, गोठलापानी, शाहीलेक लगायतका बजारहरु पूर्ण रुपमा सिल गरिएको हो ।

ग्रामीण क्षेत्रदेखि मुख्य बजाहरुसम्ममा नागरिकहरु सामाजिक दुरी कायम नगररै हिँडडुल गर्न थालेपछि कोरोनाको संक्रमण बढ्ने भन्दै रोकथाम गर्ने उद्देश्यले नगर क्षेत्र सिल गरिएको हो ।

नगरपालिकाले औषधि पसल, एम्बुलेन्स र आकस्मिक सवारीसाधन, अत्यावश्यक निर्माण कार्य मात्रै सञ्चालन हुने जनाएको छ । यस्तै जन्ती तथा व्रतबन्धमा पनि १५ जना मात्रै सम्मेलित हुन पाउने, बैंक तथा वित्तीय संस्था तीन दिन मात्र (आइतबार, मंगलबार र बिहीबार) खुल्ने बताइएको छ ।

दशरथचन्द नगरपालिकाका अहिलेसम्म २९ जनामा कोरोना संक्रमण पुष्टि भईसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका