



काठमाडौं, असार ३–
नेपालमा थप ५८६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
योसंगै संक्रमितको संख्या ७ हजार १७७ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस ब्रिफिङ मार्फत हालसम्मकै धेरै संक्रमितको विवरण सार्वजनिक गरेको हो ।
यस्तै पछिल्लो २४ घण्टामा ९ जना पुरुष कोरोनामुक्त भएका छन्।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार हालसम्म १ हजार १ सय ६७ जना कोरोनामुक्त भई विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्। जसमा महिला १ सय १२ र पुरुष १ हजार ५५ छन्।
त्यस्तै हालसम्म २० जना मृतकमा कोरोना संक्रमण पुष्टि भएको छ।