जोडिनुहोस

Banner

बुटवल, असार ३

अर्घाखाँचीमा क्वारेन्टिनमा बसेका एक व्यक्ति मृत भेटिएका छन्।

शीतगंगा नगरपालिका –५ जलुेकेको हरिमाविको क्वारेन्टिनमा बसेका अनुमानित ४५ बर्षीय ती पुरुषको शव रुखमा पासो लगाएको अवस्थामा भेटिएका हुन्। ती व्यक्तिले आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएपनि अनुसन्धान भइरहेको अर्घाखाँची प्रहरीले जनाएको छ। आज बिहानै उनको शव स्कुल नजिकैको रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो।

उनी २५ दिन अघि भारतबाट फर्केर क्वारेन्टिनमा बसेका थिए । उनीसंग एउटै कोठामा बस्ने अन्य तीन जना साथीहरु सुतेका बेला सो घटना भएको बताइएको छ। ती व्यक्तिको आरडिटि रिर्पोट पोजेटिभ आएपछि उनीसहित अन्यको थ्रोट स्वाब परिक्षणकालागि भैरहवाको प्रयोगशाला पठाइएको नगरपालिकाले जनाएको छ। स्वाब पठाएको ९ दिन सम्म पनि रिर्पोट नआएपछि क्वारेन्टिनमा बसेका उनीसहित अन्य व्यक्तिहरु समेत तनावमा रहेको बताइएको छ। आरडिटिको रिर्पोट पोजेटिभ आएको र पिसिीआर रिर्पोट नआएकोले मृतकको शव झिक्न नसकिएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *