जोडिनुहोस
alt
  • होमपेज
  • सरकार विरोधी आन्दोलनमा विदेशी नागरिक, काठमाडौँबाट पाँच जना पक्राउ

सरकार विरोधी आन्दोलनमा विदेशी नागरिक, काठमाडौँबाट पाँच जना पक्राउ

काठमाडौ, जेठ ३१-

सरकारविरुद्ध काठमाडौँमा जारी आन्दोलनमा विदेशी नागरिकको घुसपैठ भएको छ ।

इतीघर मण्डला गरिएको सरकारीविरुद्धको प्रदर्शनमा केही विदेशी नागरिक पनि पक्राउ परेपछि यो तथ्य खुलेको हो ।

प्रदर्शनमा सहभागी भएका विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । अमेरिका, अष्ट्रेलिया, जापान, क्यानडालगातका देशका ५ जना विदेशीलाई माइतीघर मण्डलाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई भृकुटीमण्डपस्थित पुलिस क्लबमा राखिएको छ । पक्राउ परेका विदेशी नागरिकमध्ये १ जना महिला र ४ जना पुरुष रहेको छन् । प्रदर्शनका भिडियो लाइभ गर्ने क्रम बढेपछि प्रदर्शन क्षेत्रमा प्रहरीले मोबाइल नेटवर्क जामर प्रयोग गरेको छ ।

सरकारले कोरोना भाइरस परीक्षणको दायरा नबढाएको, कोरोना भाइरस संक्रमण नियन्त्रणमा प्रभावकारी काम नगरेको, खर्च पारदर्शी नराखेको, अमेरिकी सहयोग एमसीसीलगायतको विरोधमा पछिल्ला दिनमा सडकमा अन्दोलन भइरहेका छन् । साथै सोती घटनाको निष्पक्ष छानबिनका लागि पनि केही समूहले आन्दोलन गर्दै आइरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका