जोडिनुहोस
  • होमपेज
  • राष्ट्रपतिसँग दक्षिण कोरियाका राजदूतको बिदाइ भेट

राष्ट्रपतिसँग दक्षिण कोरियाका राजदूतको बिदाइ भेट

काठमाडौँ, जेठ ३०-

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि गणतन्त्र दक्षिण कोरियाका राजदूत पार्क योङ–सिकले आज राष्ट्रपति निवास शीतलनिवासमा शिष्टाचार बिदाइ भेट गर्नुभयो ।

सो अवसरमा उहाँहरुबीच दक्षिण कोरिया र नेपालबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

राजदूत पार्कले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि बिदाइ भेट गर्नुभएको थियो ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका