जोडिनुहोस

Banner

काठमाडौं, जेठ ३०–

कोरोना रोकथाम र उपचारमा सरकारले प्रभावकारी काम नगरेको भन्दै नागरिक सडकमा उत्रिएका छन् ।

सामाजिक सञ्जालमा सञ्चालित अभियानमार्फत सरकारविरुद्ध प्रदर्शन गर्दै आएका युवाहरुको समूहले शुक्रबार काठमाडौंको बसन्तपुरमा प्रदर्शन गरेका छन् ।

मास्क र मुकुण्डो लगाएर भेला भएका युवाहरुले कोरोना संक्रमितको पीसीआर विधिबाट परीक्षण गर्नुपर्ने, कोरोना महामारी रोकथामको काममा खर्च भएको रकम पारदर्शी बनाउनुपर्नेलगायतका माग राखेका छन् ।

सामाजिक सञ्जालहरुमा आन्दोलनमा सहभागी हुन आह्वान गरेका युवाहरुले विभिन्न नाराहरु लेखिएका प्लेकार्ड लिएर बुटवलको अस्पताल लाइनमा दूरी कायम गरेर प्रदर्शन गरेका थिए ।

उनीहरुले सरकारले कोभिड १९को महामारी रोक्नका लागि खर्च गरेको भनेको १० अर्बको हिसाबकिताब सार्वजनिक गर्न माग गरे ।

कोरोना भाइरसको संक्रमण भएकाहरुले प्रभावकारी उपचार नपाएको, मृत्युपछि मात्रै रिपोर्ट आउने गरी परीक्षणमा ढिलासुस्ती गरेको, प्रभावकारी नमानिएको आरडीटी परीक्षण गरेर क्वारेन्टिनमा बस्नेहरुलाई घर पठाउने गरेको जस्ता विषयको आलोचना गरिएका प्लेकार्ड उनीहरुले प्रदर्शन गरेका थिए ।

शान्तिपूर्ण प्रदर्शनमाथि प्रहरी प्रशासन दमनमा उत्रिए पनि केही दिन यता हरेक दिन देशका विभिन्न भागमा प्रदर्शनहरु भइरहेका छन् । गृहमन्त्रालयले प्रदर्शनमा उत्रिनेलाई कारवाही नै गर्ने चेतावनी दिँदा समेत शुक्रबार पनि शान्तिपूर्ण प्रदर्शनहरु देशभर भइरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *