जोडिनुहोस
alt
  • होमपेज
  • नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तीन नम्बर पुलबाट ट्रक खस्दा चालकको मृत्यु

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तीन नम्बर पुलबाट ट्रक खस्दा चालकको मृत्यु

चितवन, जेठ ३०-

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तीन नम्बर पुलबाट आज बिहान ट्रक खस्दा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका वडा नं १६ का ३२ वर्षीय विजय रुम्बा रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भरतपुर अस्पतालमा उपचारका क्रममा रुम्बाको मृत्यु भएको हो ।

मुग्लिनबाट भरतपुरतर्फ आउँदै गरेको ना८ख ५२०० नंको ट्रक अनियन्त्रित भई खोल्सामा खसेको हो । इच्छाकामना गाउँपालिका वडा नं ५ स्थित सो पुलबाट करिब ५० मिटर तल ट्रक खसेको थियो । ट्रकमा सिमेन्ट घोल्ने मिक्सचर जडान गरिएको छ । घटना बिहान ६ः३५ बजे भएको हो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका