



काठमाडौँ, जेठ २९–
कुबेतबाट १६१ जना नेपाली स्वदेश फर्किएका छन् ।
कुवेतमा आममाफी पाएर आश्रय क्याम्पमा बसिरहेका नेपाली महिलाहरु आज काठमाडौं आइपुगेका छन् । उनीहरु केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका छन् ।
उनीहरुलाई कुवेतले नै काठमाडौं ल्याइदिएको हो ।
नेपाली कामदारलाई बिहीबार मध्याहन्न जजिरा एयरको विमानमा त्रिभूवन विमानस्थलमा अवतरण भएको हो । जजिरा एयरको दोस्रो विमान पनि बिहीबार दिउँसो थप नेपालीलाई लिएर आउँदै छ ।
पहिलो उडान मार्फत आएका १६१ जना सबै महिला हुन् । यसरी आउनेमा तीनजना गर्भवती महिला पनि रहेका छन् ।
अर्को विमानमा थप १५० जना नेपाली आउने छन् । कुवेत सरकारकै पहलमा स्वदेश फर्किन चाहने नेपाली कामदारहरु लिएर जजिरा एयरलाइन्सका विमान आएको हो ।
बिहीबार आउनेमा अधिकांश घरेलु कामदारका रुपमा कुबेत गएका महिलाहरु रहेका छन् ।
अर्को हवाई जहाज दिउँसो करिब दुई बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्ने बताइएको छ ।