



चितवन, जेठ २९-
भरतपुर अस्पतालमा मृत्यु भएको कोरोना संक्रमित वृद्धको ज्वाईँ र उनीसँगै आर्इसीयूमा रहेका बिरामीमा कोरोना संक्रमण भएको पाइएन ।
मुटु, सुगर र उच्च रक्तचापसमेतका बिरामी रहेका भरतपुर महानगरपालिका वडा नं.११ का वृद्धको मंगलबार बिहान भरतपुर अस्पतालको आर्इसियूमा मृत्यु भएको थियो ।
श्रीमतीसहित छोरी ज्वाईँको घरमा बसेका वृद्धलाई उपचारका लागि भरतपुरको नारायणी सामुदायिक अस्पताल लगेका ज्वाईँमा कोरोना संक्रमण नदेखिएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।
उनले अर्को सातातिर फेरि एकपटक स्वाब परीक्षण गराउनुपर्ने हुनसक्ने बताए । उनलाई आइसोलेसनमा बस्न भनिएको छ । यस्तै, कोरोना संक्रमित वृद्धसँगै नारायणी सामुदायिक अस्पतालको आइसियूमा रहेका अन्य चार जना बिरामीको समेत कोरोना परीक्षण रिर्पोट नेगेटिभ आएको छ ।
अस्पतालका निर्देशक बिष्णु कुँवरका अनुसार ६ जना बिरामी र दुई स्वास्थ्यकर्मीको रिर्पोट नेगेटिभ आएको छ । बाँकी केही स्वास्थ्यकर्मी अहिले पनि होटलको क्वारेन्टाइनमा रहेको निर्देशक कुँवरले बताए ।


Miracle is going to happen in Nepal.