जोडिनुहोस
  • होमपेज
  • बाजुराको क्वारेन्टिनमा रहेका ६५ वर्षीय पुरुषको मृत्यु

बाजुराको क्वारेन्टिनमा रहेका ६५ वर्षीय पुरुषको मृत्यु

कैलाली, जेठ २४-

खप्तड छेडेदह गाउँपालिका–७ मा क्वारेन्टिनमा बसेका एक जनाको मृत्यु भएको छ । यही जेठ १५ गते भारतबाट आएर क्वारेन्टिनमा बसेका ६५ वर्षीया वृद्धको मृत्यु भएको हो । गाउँमै रहेको मष्टा आधारभूत विद्यालय बुढाबाडाको क्वारेन्टिनमा उहाँको मृत्यु भएको वडाध्यक्ष खगेन्द्र रावतले जानकारी दिनुभयो ।

झण्डै २५ वर्षदेखि भारतमा बस्दै आउनुभएका उहाँमा दमको रोगसमेत रहेको बुझिएको छ । मृतकको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरी धनगढी प्रयोगशालामा पठाउने र शव व्यवस्थापन गरी परिवारलाई जिम्मा लगाइने प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका