जोडिनुहोस
बिहिबार, कार्तिक ११, २०७८
बिहिबार, कार्तिक ११, २०७८
alt
  • होमपेज
  • कोरोना भाइरस : जुम्लामा ३ दिनका लागि निषेधाज्ञा जारी

कोरोना भाइरस : जुम्लामा ३ दिनका लागि निषेधाज्ञा जारी

सुर्खेत, जेठ २१-

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन जुम्लामा तीन दिनका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाले बुधबार बिहान ९ बजेदेखि शुक्रबार राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

जुम्लामा मंगलबारसम्म दैनिक बिहान ७ बजेदेखि ९ बजेसम्म र अपराह्न ४ बजेदेखि साँझ ६ बजेसम्म खाद्यान्न, फलफुल, तरकारी लगायतका पसलहरु खुल्दै आएका छन् ।

जुम्लामा भारतबाट आएका नागरिक र सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि त्यसलाई समुदाय स्तरमा फैलिन नदिन निषेधाज्ञा जारी गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयले मंगलबार जारी गरेको सूचनामा निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवाबाहेका सबै पसलहरु बन्द हुने उल्लेख छ । बुधबार बिहान ९ बजेदेखि जिल्ला भित्रका औषधि पसल, उपकरण तथा औषधि सामग्री उत्पादन, बिक्री वितरण र ढुवानी सेवा बाहेक अन्य सबै पसल बन्द हुन्ने सूचनामा जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका