



दैलेख ,जेठ १५-
बिहीबार कर्णाली प्रदेशमा ८ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। कर्णालीको सामाजिक विकास मन्त्रालयले दिएको जानकारीअनुसार प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा दैलेखको नारायण नगरपालिकाका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ४६ पुगेको छ। पछिल्लो समय भारतबाट प्रदेशमा नागरिकहरू फर्किने क्रम ह्वात्तै बढेको छ।