जोडिनुहोस
alt
  • होमपेज
  • भारतीय सिमामा अलपत्र नागरिकलाई भरतपुर वडा नम्बर ८ ले उद्धार गर्‍यो

भारतीय सिमामा अलपत्र नागरिकलाई भरतपुर वडा नम्बर ८ ले उद्धार गर्‍यो

चितवन,जेठ १३-

भारतीय सिमामा अलपत्र परेका आफ्ना नागरिकलाई भरतपुर महानगरपालिका वडा नम्बर ८ ले उद्धार गरेको छ । सुनौली नाकामा क्वारेन्टाईन अवधि पुरा गरेका ५ जनालाई जेठ ९ गते उद्धार गरेर भरतपुर ल्याईएको हो । उनिहरुलाई अहिले भरतपुर महानगरपालिका ८ स्थित श्री माध्यमीक विद्यालय गौरीगञ्जमा बनाईएको क्वारेन्टाईनमा राखिएको वडाध्यक्ष दामोदर न्यौपानेले जानकारी दिनुभयो ।

उद्धार गरेर ल्याईएका सवैलाई नेपाल सरकारले तोकेको अवधिसम्म क्वारेन्टाईनमा राख्ने तयारी गरिएको छ । अवधि पुरा गरेका व्यक्तिलाई स्वास्थ्य परीक्षण गरेर मात्र घर फिर्ता गरिने अध्यक्ष न्यौपानले जानकारी दिनुभयो ।

क्वारेन्टाईनमा बस्ने सवैलाई वडा कार्यालयले खानाको समेत व्यवस्था गरेको छ । त्यसका लागि कार्यालयले एक छाकको सय रुपैयाँ दिने निर्णय भएको उहाँले बताउनभयो । “महानगरपालिकाले खाना क्वारेन्टाईनमा बस्ने व्यक्तिले आफै व्यवस्था गर्ने निर्णय गरेको थियो । हामीले आफ्नै बजेटबाट एक छाकको सय रुपैयाँ दिने निर्णय गरेका छौँ,” उहाँले भन्नुभयो, “अहिले आएर महानगरपालिकाले पनि सय रुपैयाँ दिने निर्णय गरेको छ ।” खाजा पनि वडाले नै उपलब्ध गराऊदै आएको छ । क्वारेनटाईनमा बस्ने व्यक्तिको स्वास्थ्यलाई मध्यनगर गर्दै वडाले एक जना स्वास्थ्यकर्मीको खटाएको उहाँले बताउनुभयो ।
भरतपुर महानगरपालिका भित्र आफ्ना नागरिकलाई सवैभन्दा पहिलो उद्धार गर्न वडा नम्बर ८ ले सुरु गरेको हो । सीमा क्षेत्रमा आफ्ना नागरिक अलपत्र परेको सुचना आएमा उद्धार गरिने वडाध्यक्ष न्यौपानेले बताउनुभयो ।

यस्तै, आज भरतपुर महानगरपालिकाको टोलि पनि सुनौली नाकामा अलपत्र परेका नागरिकलाई उद्धार गर्नका लागि जाँदैछ । कोरोनाको उच्च जोखिममा रहेका व्यक्तिहरुलाई राख्नका लागि वडाले सय जनासम्म राख्न मिल्ने क्षमताको क्वारेन्टाईन निर्माण गरेको उहाँले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका