जोडिनुहोस
बिहिबार, कार्तिक ११, २०७८
बिहिबार, कार्तिक ११, २०७८
alt
  • होमपेज
  • सबै एकल महिला तथा अपांगता भएकाले पाउने भत्तालाई निरन्तर दिन निर्देशन

सबै एकल महिला तथा अपांगता भएकाले पाउने भत्तालाई निरन्तर दिन निर्देशन

काठमाडौं,जेठ १२-

प्रतिनिधिसभा कानुन न्या तथा मावअधिकार समितिले सामाजिक सुरक्षा भत्ता सम्बन्धी सामाजिक सुरक्षा ऐन २०७५ लाई संशोधन गर्ने विधेयक संसदको यसै अधिवेशनमा ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ ।

समितिको सोमबार बसेको बैठकले असहाय एकल तथा विधवा महिला र अपांगता भएका व्यक्तिहरुलाई वितरण गरिदै आएको सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिन सो ऐन संशोधन गर्ने विधेयक चालु अधवेशनमा पेश गर्न गृहमन्त्रालयको ध्यानाकर्षण गराएको हो ।

दुई वर्षअघि संसदबाट पारित भएको ऐनमा एक महिला भत्ता ६० वर्षपछिमात्र पाउने व्यवस्था गरिएपछि सोही ऐन कार्यन्वयन गर्न सरकारले पत्राचार गरेको थियो । सो परिपत्रको विरोध भएपछि सरकार ऐन संशोधनको तयारीमा छ ।

सामाजिक सुरक्षा ऐन २ वर्षअघि पारित हुँदा संसदको राज्य व्यवस्था समितिले कमजोरी गरेको सांसदहरु बताउँछन् । सोही कमजोरीका कारण अहिले सरकार विवादमा परेपछि ऐन सच्याउने प्रक्रिया शुरु भएको छ ।

संसदको यही अधिवेशनमा संशोधन बिधेयक ल्याउन र सबैखाले एकल महिला तथा अपांगता भएकाहरुले पाइरहेको भत्तालाई निरन्तर दिन समितिले सरकारको ध्यानाकर्षण गराएको समितिका सभापति कृष्णभक्त पोखरेलले बताए ।

सरकारले विधेयक ल्याउँदा छुटेको भए पनि संसदको सम्बन्धित समितिले त्रुटि सच्याउनुपर्ने पोखरेलले बताए । अब सरकारले संशोधन विधेयक ल्याएर सामाजिक सुरक्षा भत्तालाई संसदको त्रुटि सच्याउन संसदनै सरकारले संशोधन विधेयक ल्याउन भन्नुपर्छ ।

समितिले कोरोना लकडाउनको समयमा जातीय छुवाछुत, बलात्कार र जबर्जस्ती गर्भपतन गर्ने जस्ता कार्य बढेको भन्दै त्यस्ता कार्य रोक्न सरकारलाई निर्देशन दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका