जोडिनुहोस

Banner

चितवन, जेठ ४–

नेपाली भू–भाग कालापानी, लिपुलेक लिम्पियाधुरा भारतले मिचेको भन्दै नेपाली युवाहरुले रचनात्मक विरोध अभियान सुरु गरेका छन् । युवाहरुले सामाजिक सञ्जालमार्फत ह्यास ट्याक अभियान सुरु गरेका छन् ।

भारतले गत कार्तिकमा आफ्नो भूराजनैतिक नक्सामा नेपाली भूभाग समावेश गरेको र मे ८, २०२० मा कालापानीदेखि चीनको तिब्बतस्थित कैलाशमान शरोबरसम्म जोड्ने ८० किलोमिटर सडकखण्ड निर्माण गरेको भन्दै युवाहरुले सो क्रियाकलापविरुद्ध सामाजिक संजालमार्फत ह्यास ट्याक अभियान सुरु गरेको युवा प्रदीप पराजुलीले बताए । जसमा भारतीय विस्तारबाद मुर्दाबाद, हाम्रो भूमि फिर्ता गर, सीमाको प्रतिरक्षा गरौं, सीमाविवाद यहि साल अन्त्य गरौं, ब्याकअफ इन्डिया आदि लेखिएको छ । अभियानको संयोजन गर्ने अभियान्ताहरु प्रदिप थापा, प्रमिला लामा, आरति लामा, विनोद लामिछाने, अमृता भट्टराई, प्रकाश श्रेष्ठ, मिलन चौहान, दिपेश विसुङ्के, उमा विश्वकर्मा, रमा शर्मा, प्रदिप पराजुली, विदुर पौडेललगायतले आन्दोलन र विरोधको रचनात्मक र श्रृजनात्मक शैली प्रस्तुत गरेका छन् ।

लकडाउनको मौकाछोपी भारतले नेपालको भूमी अतिक्रमण बढाएपछि देश तथा विदेशमा रहेका नेपालीहरु निकै आक्रोसित भएका छन् । भारतीय रक्षामन्त्री राजनाथसिहंले भिडियो कन्फ्रेन्समार्फत धार्चुला–लिपुलेक लिङ्क रोड उद्घाटन गरेपछि नेपालमा सर्वत्र बिरोध भएको हो । यो सडक मार्गले नेपाली भूमिलाई हस्तक्षेप गरेको सीमाविद्हरु बताउँछन् । सर्बे अफ इन्डियाले नेपाली भूभाग समेत भारततर्फ पर्ने गरी नोभेम्बर २०१९ यता दुई वटा राजनीतिक नक्सा प्रकाशन गरेपछि नेपालमा त्यसको चर्को बिरोध समेत भएको थियो । त्यस अघि नेपाललाई कुनै जानकारी नदिई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिन्फिङले लिपुलेकलाई व्यापारिक मार्गको रुपमा विकास गर्ने भनी समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।

अभियान्ता प्रदिप पराजुलीले दुई देशले आफैले विवाद छ भनेर स्वीकारेको क्षेत्रमध्यको लिपुलेक र कालापानीमा एकलौटी रुपमा बाटो खोल्नु हेपाहा प्रवृति भएको बताए । विश्व समुदाय नै कोरोना भाइरसबाट आक्रान्त भएको बेला यस किसिमको रचनात्मक आन्दोलन प्रभावकारी हुने अभियान्ता दिपेश विसुङ्के बताउँछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *