जोडिनुहोस
  • होमपेज
  • आज मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउन थप्ने तयारी

आज मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउन थप्ने तयारी

काठमाडौं, जेष्ठ ४–

शनिबार कोरोना संक्रमणबाट एक सुत्केरी महिलाको मृत्यु भएपछि र संक्रमितको संख्या बढ्दै गएपछि सरकारले लकडाउनलाई निरन्तरता दिने तयारी गरेको छ ।

यसबारे निर्णय गर्न आज मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ ५ बजे बोलाइएको बैठकमा सीमानाकामा अझ कडाइ गरिने तथा प्रभावित क्षेत्रका आधारमा लकडाउनलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल हुने एक मन्त्रीले जानकारी दिए ।

भारतमा लकडाउन खुकुलो बनाइएकाले सीमानामा नेपालीहरू आएर अलपत्र परिरहेको सन्दर्भमा उक्त विषयमा पनि आवश्यक निर्णय हुन सक्ने बताइएको छ ।

सरकारले नेपालमा दोस्रा संक्रमित देखिएपछि गत चैत ११ गतेदेखि सुरु गरेको लकडाउनपछि पनि नेपालमा कोरोना भाइरसको संक्रमण रोकिएको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका