जोडिनुहोस
  • होमपेज
  • रुपन्देहीमा एकै परिवारका ९ जनामा कोरोना संक्रमण

रुपन्देहीमा एकै परिवारका ९ जनामा कोरोना संक्रमण

रुपन्देही, वैशाख ३१–

रुपन्देहीमा एकै परिवारका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार पुष्टि भएका १२ कोरोना संक्रमितमध्ये ९ जना एउटै परिवारका हुन् । रुपन्देहीको गैंडहवा गाउँपालिका–२ जोगडाका उनीहरू वैशाख २५ गते भारतको मुम्बईबाट गाडी रिजर्भ गरेर आएका थिए।

एउटै परिवारका १७ जना मुम्बईबाट आए पनि परिवारका ९ जनामा संक्रमण पुष्टि भएको हो। उक्त परिवारसँगै मुम्बईबाट आएका सोही टोलका पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

त्यसैगरी रुपन्देहीमा संक्रमण पुष्टि भएका अन्य दुई जनामध्ये एक कपिलवस्तुका र एक भारतीय नागरिक रहेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्ट्रल कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका