जोडिनुहोस
शुक्रबार, फाल्गुन १४, २०७७
शुक्रबार, फाल्गुन १४, २०७७
  • होमपेज
  • भारतीय राजदूत क्वात्रालाई बोलाएर परराष्ट्रले दियो लिपुलेक सडकबारे ‘कूटनीतिक नोट’

भारतीय राजदूत क्वात्रालाई बोलाएर परराष्ट्रले दियो लिपुलेक सडकबारे ‘कूटनीतिक नोट’

काठमाडौं, वैशाख २९-

परराष्‍ट्र मन्त्रालयले काठमाडौंस्थित भारतीय राजदूत विनयमोहन क्वात्रालाई बोलाएर लिपुलेकमा नेपाली भूमि मिचेर सडक खनेको विषयमा जानकारी लिएको छ ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार सोमबार बिहान साढे ११ बजे भारतीय राजदूत विनयमोहन क्वात्रालाई बोलाएर डिमार्स (कूटनीतिक नोट) दिएको हो । कूटनीतिक क्षेत्रमा डिमार्स भन्नाले कुनै विषयबारे एक देशको सरकारले अर्को देशसँग राख्ने औपचारिक धारणा/जानकारी बुझिन्छ ।

शनिबार नेपालमा विदा परेको र आइतबार भारतमा विदा हुने भएकाले राजदूत क्वात्रालाई आज मन्त्रालयमा बोलाइएको स्रोतले जानकारी दियो ।

राजदूत क्वात्रासँग परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले आफैंले मन्त्रालयमा कुरा गरेका थिए । भारतले गत शुक्रबार मानसरोबर जोड्न नेपाली भूमि लिपुलेक हुँदै खनेको सडकको उद्घाटन गरेको थियो ।

भारतको उक्त कदमको नेपालमा तीव्र विरोध भइरहेको छ । परराष्ट्र मन्त्रालयले यसअघि नै विज्ञप्ति जारी गरी उक्त घटनाको विरोध गरिसकेको छ ।

तर भारतले भने त्यस्तो वार्ता कोरोनाभाइरसको महामारी सकिएपछि मात्र गर्ने उत्तर दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका