जोडिनुहोस
मङ्लबार, फाल्गुन १८, २०७७
मङ्लबार, फाल्गुन १८, २०७७
  • होमपेज
  • किराना व्यवसायी संघ नारायणगढले बाड्यो खाद्यान्न

किराना व्यवसायी संघ नारायणगढले बाड्यो खाद्यान्न

चितवन, वैशाख २८–

किराना व्यवसायी संघ नारायणगढले खाद्यान्न सहयोग गरेको छ । संघले गरिब तथा विपन्न परिवारका लागि उद्योग वाणिज्य संघ चितवनमार्फत वितरणका लागि खाद्यान्न सहयोग गरेको छ ।

किराना व्यवसायी संघ नारायणगढका अध्यक्ष रविन्द्रकुमार श्रेष्ठले उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठलाई खाद्यान्न हस्तान्तरण गरे । संघका अध्यक्ष रविन्द्र श्रेष्ठले व्यवसायीहरुको तर्फबाट उवासंघले राहत वितरण गरिरहेकोले सोही अनुरुप संघलाई नै सहयोग सामग्री हस्तान्तरण गरिएको बताए ।

यस्तै किराना व्यवसायी संघले आइतबार नै लकडाउनका बेलामा फिल्डमा खटिएका सुरक्षाकर्मीहरुका लागि पनि खाद्यान्न सहयोग गरेको छ । संघका अध्यक्ष श्रेष्ठले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख नान्तीराज गुरुङलाई खाद्यान्न सामग्री हस्तान्तरण गरे । सुरक्षाकर्मीहरुलाई चाउँचाउँ, विस्कुटलगायतका खाद्यान्न सहयोग गरिएको अध्यक्ष श्रेष्ठले बताए । उनले जिल्ला ट्राफिक प्रहरी कार्यालय, सीमा सुरक्षा बल आँपटारीलाई समेत खाद्यान्न सामग्री हस्तान्तरण गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका