जोडिनुहोस
  • होमपेज
  • बर्दियामा १७० जनाको कोरोना रिपोेर्ट नेगेटिभ

बर्दियामा १७० जनाको कोरोना रिपोेर्ट नेगेटिभ

राजापुर, वैशाख २७–

कोरोना संक्रमणको आशंकामा हालसम्म बर्दियामा दुई हजार ३४५ जनाको नमूना परीक्षण गरिएको छ ।

एक सय ९२ जनाको पिसिआर विधिबाट नमूना परीक्षण गरिएको छ । एक सय ८२ जनाको स्वाब संकलन गरी भेरी अस्पताल नेपालगञ्ज पठाइएकामा १७० जनाको रिपोर्ट नेगेटिभ आएको छ । बाह्र जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले जानकारी दिनुभयो ।

आठ स्थानीय तहमा रहेका क्वारेन्टिनमा एक हजार ६१२ जना छन् । त्यसैगरी आरडिटीबाट अहिलेसम्म दुई हजार १५३ जनाको परीक्षण गरिएको प्रमुख गिरीले बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका