



काठमाडौं, बैशाख २४-
नेकपा सचिवालय बैठकमा जारी रहेकै समयमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली बाहिरिएका छन् ।
नेकपा केन्द्रीय सचिवालय बैठकमा दुई पक्षबीच चर्काचर्की भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा चर्काचर्की भएपछि पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली बाहिरिएका हुन् । बैठकमा नेताहरुबीच चर्काचर्की हुन थालेपछि प्रधानमन्त्री ओली आफ्नो शयनकक्षतर्फ लाग्नुभएको बालुवाटार निकट श्रोतले जानकारी दिएको छ ।
बिहीबार बस्ने स्थायी कमिटीबो बैठकका एजेन्डा तय गर्न सचिवालयको बैठक बसेको हो।
प्रधानमन्त्री ओली एक पद एक मुख्य जिम्मेवारीको विपक्षमा रहेका छन् तर बहुमत सचिवालय सदस्यहरु त्यसको कार्यान्वयन गर्ने पक्षमा छन् । सचिवालय बैठकअघि नेताहरु आन्तरिक छलफलमा जुटेका थिए ।