होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
alt
  • होमपेज
  • यसरी टर्‍यो ओलीको सत्ता संकट

यसरी टर्‍यो ओलीको सत्ता संकट

काठमाडौं, वैशाख २१–

केहीसमय यता आन्तरिक विवादका कारण करिव दुई तिहाइको केपी शर्मा ओलीको सत्ता संकटमा परेको थियो । तर एकाएक शनिबार साँझबाट ओलीको सत्ता संकट टरेको छ ।

नेकपाको आन्तरिक शक्ति सन्तुलनमा नै फेरबदल आएपछि प्रधानमन्त्री ओलीको पार्टीभित्रैबाट सिर्जित सत्ता संकट तत्कालका लागि टरेको छ । नेकपा सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाउने निर्णय गरेसँगै प्रधानमन्त्री बन्ने गौतमको सम्भावना एक कदम अघि बढेको छ । केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिने सम्भावना पनि तत्कालका लागि सकिएको छ । यसले पनि ओलीलाई थप मजबुद बन्ने अवसर मिलेको छ ।

गत बुधबार साँझको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले गौतमलाई प्रधानमन्त्री बनाउन गरेको प्रस्ताव विधिवत् रूपमा अनुमोदन गर्दै शनिबार साँझको सचिवालय बैठकले उनलाई ‘उपयुक्त समय’ मा प्रतिनिधिसभा उम्मेदवार बनाउने माइन्युट गरेको हो । यद्यपि त्यो ‘उपयुक्त समय’ कहिले हो र कहाँबाट जिताएर ल्याउने भन्नेबारेमा नेताहरूले मुख खोलिसकेका छैनन् ।

प्रधानमन्त्री ओलीले सरकार सञ्चालनका काममा भएका कमजोरीप्रति आत्मआलोचना गरेपछि यसअघि उनको राजीनामा माग्ने अध्यक्ष पुष्पकमल दाहाल पछि हटेका हुन् । अध्यक्षद्वयको यो गठजोडमा वरिष्ठ नेता माधव नेपाल भने केही सशंकित छन् ।

सचिवालय बैठकले गौतमलाई प्रतिनिधिसभाको कुनै स्थान खाली गराएर उपचुनावमार्फत संसद्मा भित्र्याउने निर्णय गरेको छ । यसका लागि कुन स्थान कहिले, कसरी खाली गर्ने भन्ने ठोस खाका आइसकेको छैन । आउँदो २४ गते बस्ने केन्द्रीय सचिवालयले तयार गर्ने प्रस्ताव र २५ गतेबाट सुरु हुने स्थायी कमिटीको बैठकबाट यसबारे थप स्पष्ट हुने नेताहरूले जनाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका