जोडिनुहोस
  • होमपेज
  • आगलागी पीडितलाई तत्काल राहतको प्रबन्ध गर्न माग

आगलागी पीडितलाई तत्काल राहतको प्रबन्ध गर्न माग

काठमाडौँ, वैशाख २०

नेपाली काँग्रेसले ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा आगलागीका कारण घरवारविहीन हुन पुगेका पीडित परिवारजनलाई तत्काल राहत, क्षतिपूर्ति तथा बसोबासको यथोचित प्रबन्ध गर्न सरकारसँग माग गरेको छ ।

ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा शुक्रबार राति १०ः०० बजेदेखि शुरु भएको आगलागी आज बिहान ५ः०० बजे नियन्त्रणमा आउँदासम्म सात घर र केही पसल पूर्णरुपमा जलेर क्षति भएको थियो । काँग्रेस जिल्ला कार्यालयको भवनमा समेत आगलागीबाट सामान्य क्षति भएको पार्टी कार्यालयले जनाएको छ ।

काँग्रेसका सभापति शेरबहादुर देउवाले एक विज्ञप्तिमार्फत उक्त घटनाप्रति दुःख व्यक्त गर्दै आगलागीका कारण आफ्नो आवासगृहसहित धनसम्पत्ति गुमाएका परिवारजनमा सहानुभूति प्रकट गर्नुभएको छ । साथै उहाँले आगलागीका कारण घरवारविहीन हुन पुगेका पीडित परिवारजनलाई तत्काल राहतको उचित प्रबन्ध गर्न सरकारसँग माग गर्नुभएको छ ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका