Breaking News
१० लाखले जिते कोरोना संक्रमणविरुद्धको लडाइँ
०

काठमाडौं, १८ बैशाख–
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण विश्व त्रसित छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख २८ हजार २६ पुगेको छ ।
विहीबार विहान समाचार तयार पार्दासम्म विश्वमा ३२ लाख २० हजार बढी संक्रमित भएका छन् ।
संक्रमितमध्ये २ लाख २८ हजार २२३ जनाले ज्यान गुमाएका छन् भने १० ला ३५३ जना कोरोनाविरुद्धको सफल उपचारपछि निको भएर घर फर्किएका छन् ।
१९ लाख ८१ हजार ६५३ जनाको उपचार भइरहेको छ । संक्रमितमध्ये ५९ हजार ८११ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
पछिल्लो २४ घण्टामा संक्रमणबाट विश्वभर ६ हजार ५५९ जनाको मृत्यु भएको छ भने ८१ हजार ६७७ जना संक्रमित भएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>