Breaking News

धार्चुलाको क्वारेन्टाइनमा बसेका मजदूरलाई नेपाल ल्याइँदै, बिहानैबाट उद्धार सुरू

Banner

धनगढी, वैशाख १८–

एक महिनादेखि भारत पिथौरागढस्थित धार्चुलाका क्वारेन्टाइनमा रहेका नेपाली मजदुरको उद्धार आज (बिहीबार) भइरहेको छ ।

भारतको पिथोरागढस्थित धार्चुलाको क्वारेन्टाइनमा रहेका नेपाली मजदुरलाई नेपाल ल्याउन सुरू गरिएको छ । झण्डै एक महिना क्वारेन्टाइनमा बसेका उनीहरूलाई उद्धार गरी नेपाल ल्यान सुरू गरिएको हो ।

धार्चुलामा रहेका नेपालीलाई दुई वटा नाकाबाट ल्याईदैछ । धार्चुलामा १० जिल्ला नागरिक बसेका छन् । बैतडी, बझाङ नागरिकलाई दत्तु नाका भएर प्रवेश गराइने छ । दार्चुला लगायत अन्य जिल्लाकालाई खलंगा नाका भएर प्रवेश दिइने छ ।

गत चैत १३ गतेदेखि भारतीय भूमि धार्चुलाका पाँच क्वारेन्टाइनमा एक हजार बढि नेपालीलाई उद्धार गरी आज (बिहीबार) बिहानैदेखि नेपाल ल्याउन थालिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए ।

क्वारेन्टाइनमा बसेका नेपाली कामदारलाई नेपाल ल्याउने बुधबार छलफल भएको र सोही छलफलको निष्कर्ष अनुसार बिहीबार बिहानैदेखि उद्धार थालिएको प्रजिअ पौडेलले बताए ।

सीमामा रोकिएका नेपाली ल्याउने विषयमा पटक–पटक छलफल भएपनि कहिले नेपाल ल्याउने भन्ने मिति तय भएको थिएन । बुधबार नै बैतडी, दार्चुला र पिथौरागढका जिल्ला अधिकारीबीच उच्चस्तरीय सहमतिपछि उद्धार थालिएको हो ।

सीमामा रहेका उनीहरुलाई नेपाल ल्याउन बैतडी र बझाङका प्रतिनिधि तीन दिन अघि नै दार्चुला पुगेका थिए । उनीहरुले क्वारेन्टाइनमा रहेकाको अवस्था बुझेर नेपाल फर्काउन आवश्यक पहल गरेका थिए ।

नेपाल प्रवेश गराउनेक्रममा उनीहरुलाई सीमा क्षेत्रमा चेकजाँच गरिनेछ । उनीहरुको नाम ठेगाना सम्पर्क नम्बर राख्ने र सम्बन्धित स्थानीय तहका क्वारेन्टाइनमा राख्ने गरी पठाउने रणनीति बनाइएको पौडेलले बताए ।

उद्धारपछि उनीहरुलाई सम्बन्धित स्थानीय तहमा पठाउन यातायात व्यवसायीलाई तयारी अवस्थामा रहन खबर आएको यातायात व्यवसायीले बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>