Breaking News
अमेरिकामा भयावह बन्यो कोरोना, मृत्यु हुनेको संख्या ६० हजार नाघ्यो
०

अमेरिका, वैशाख १८–
विश्वकै शक्तिशाली राष्ट्र अमेरिका अहिले कोरोना भाइरस (कोभिड–१९) को शिकारमा छ ।
यति शक्तिशाली मुलुक भए पनि अमेरिकामा सबैभन्दा बढी क्षति भएको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या ६० हजार नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीले तयार पारेको तथ्यांकअनुसार अमेरिकामा अहिलेसम्म ६० हजार नौ सय ६७ मानिसको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । त्यस्तै संक्रमितको संख्या पनि १० लाख ३८ हजार पुगेको छ ।
चीनको वुहानबाट निस्किएको कोरोना भाइरसको कारण अमेरिकाको न्युयोर्क राज्य सबैभन्दा बढी प्रभावित बनेको छ । न्युयोर्कमा अहिलेसम्म करिब तीन लाख मानिस संक्रमित भइसकेका छन् भने २३ हजार चार सय ७७ जनाको मृत्यु भइसकेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>