चितवन विशेष

सुनचाँदी व्यवसायीले दियो दुई सय कालीगढलाई राहत

Banner

चितवन, वैशाख १७–

नेपाल सुनचाँदी व्यवसायी संघ, चितवनले गरगहना बनाउने दुईसय कालीगढलाई राहत वितरण गरेको छ । लकडाउन समय लम्बिदै जाँदा उनीहरुको दैनिक जीवननै कष्टकर बन्दै गएको भन्दै १ महिनालाई पुग्ने राहत वितरण गरेको हो ।

जिल्लामा रहेका सुनचांँदी पसलमा रहेका कालीगढ र उनीहरुको परिवारलाई राहत पुगोस् भन्ने उद्धेश्यले राहत वितरण गरिएको सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष विपिन रामुदामुले बताए । ‘लकडाउन थपिदै जाँदा उनीहरुको दैनिक जीवन कठिन भएको महसुस गर्यौं उनले भने, सोही अनुसार यो अभियान चलाएका हौं ।’

उनका अनुसार अधिकांश कालीगढ भारत, बंगलादेश र अन्य जिल्लाका घरसमेत जान नपाएका कारण राहत वितरण गरिएको हो । ‘व्यवसायनै मर्कामा परेको बेला समाजिक दायित्व पुरा गर्ने र व्यवसायिक धर्म निभाउने उद्धेश्यले कालीगढलाई राहत वितरण गरिएको सुनचाँदी व्यवसायी संघ, चितवनका अध्यक्ष एवं राहत वितरण संयोजक टेकबहादुर विश्वकर्माले बताए । ‘अहिले हामी व्यवसायी सबै मर्कामा छौं, तरपनि यस्तो अवस्थामा हामीले व्यवसायिक धर्मलाई निरन्तरता दिएका छौं’ उनले भने ।

लकडाउनका कारण सबै कालीगढले काम गर्न नपाएको र आर्थिक समस्यामा परेकोले राहत कार्य अघि बढाईएको सुनचाँदी व्यवसायी संघ, चितवनका उपाध्यक्ष रुवीन रामुदामुले बताए । ‘एक त उनीहरुले काम गर्न नपाएको धेरै लामो समय भयो उनले भने, यस्तो अवस्थामा हामीले मानवीय धर्मपनि निभाउनुनै परयो ।’ विगत १९ दिनदेखि बेसाहारालाई दैनिक भोजन खुवाईदै आएको र आजदेखि कालीगढलाई राहत वितरण गरिएको उनले जानकारी दिए ।

खाना खुवाइने अभियान सुनचाँदी सम्बद्ध चारवटा संस्थाको समन्वयमा भएपनि राहत वितरण भने सुनचाँदी व्यवसायी संघले गरेको संघका कोषाध्यक्ष निलेमान शाक्यले जानकारी दिए । उनका अनुसार सम्पर्कमा आउने अन्य कालीगढलाई समेत राहत वितरण अभियानलाई निरन्तरता दिइनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>