चितवन विशेष

पत्रकार पण्डितलाई धम्की दिएकोमा प्रेस युनियनले गर्‍यो भत्र्सना

Banner

चितवन, वैशाख १७–

नेपाल प्रेस युनियन चितवनले अनलाइनखबर डटकम चितवनका संवाददाता सुवास पण्डितलगायत पत्रकारलाई समाचार लेखेको विषयलाई लिएर धम्की दिएको प्रति घोर भत्र्सना गरेको छ ।

युनियनका अध्यक्ष अनिल ढकालद्धारा आज (बुधबार) जारी विज्ञप्तीमा भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा कार्यरत कर्मचारीबाटै भएका शंकास्पद गतविधिका सन्दर्भमा आएका समाचारलाई लिएर धम्की र गालीगलौजप्रति युनियनको गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ । समाचार लेखेकै कारण चेतावनीसहितको धम्की दिएका भन्दै युनियनले घोर भत्र्सना गरेको हो ।

विज्ञप्तीमा भनिएको छ–‘प्रकाशित समाचारमा चित्त नबुझे कानुनी उपचार गर्ने प्रशस्त मार्ग हुँदा हुँदै आएका धम्की समग्र पत्रकारिता क्षेत्रमाथिको प्रहार हो भन्ने हाम्रो ठम्याई छ, अस्पतालका विषयमा प्रकाशित/प्रसारित समाचार र लेख्ने पत्रकारलाई लक्षित गरी अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी संघ र अखिल नेपाल प्रगतिशिल स्वास्थ्यकर्मी संगठनले संयुक्त विज्ञप्ती प्रकाशित गरेर ‘समाचार लेख्ने व्यक्तिहरुको पहिचान गरी आफैले आवश्यक कारवाही गर्ने’ भनी उल्लेख गरेको प्रति हामी रोष प्रकट गर्दछौं ।’

त्यस्तै युनियनले सत्तारुढ जिम्मेवार दलबाट नै समाचार लेख्नबाट रोक्ने गरी आएका वक्तव्यले लोकतान्त्रिक व्यवस्थाको नै खिल्ली उडाएको महसुस गरिएको जनाएको छ । युनियनले पत्रकारहरुमाथि धम्की दिनेहरुलाई कानुनी कारवाही गरी पत्रकारहरुको सुरक्षा ग्यारेण्टी गर्न प्रशासनसंग माग गरेको छ ।

केही दिन अघि सिसिटिभी फुटेजसहित कोरोना अस्पतालकै कर्मचारीले रातीको समयमा स्टोरबाट सामग्रीहरु चोरी गरी बाहिर निकालिएको समाचार प्रकाशित गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>