चितवन विशेष

लकडाउनमा बौद्धिक कार्यः पाँच दिने अनलाईन राष्ट्रिय हाजिरीजवाफमा पल्लवी पहिलो

Banner

चितवन, वैशाख १७–

देश यतिबेला लकडाउन छ । कोभिड–१९ का कारण गरिएको लकडाउनमा धेरै मानिसलाई के गरौं कसौं गरौं भन्ने हुन्छ । तर यही लकडाउनको सदुपयोग गर्नेहरु पनि प्रशस्तै छन् ।

नेपालका युवाहरुलाई बौद्धिक कार्यहरुमा संग्लन गराउने उद्देश्यले नै ‘गोलकल आफटर स्कुल’ नामक संस्थाले ५ दिने अनलाइन राष्ट्रिय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । यहीँ वैशाख १२ गतेदेखि संचालन भएको उक्त प्रतियोगितामा देशभरका युवाहरु सहभागी भएका थिए।

चिकित्साशास्त्र, ईन्जिनियरिङ्ग, आई.टि, व्यवस्थापन, कृषिलगायत विभिन्न विषय र क्षेत्रका विद्यार्थी र दक्ष युवाहरुले यस प्रतियोगितामा भाग लिएका थिए। विभिन्न चार चरणमा गरिएको उक्त प्रतियोगितामा लमजुङकी पल्लवी श्रेष्ठले प्रथम स्थान हासिल गरेकी छन् । द्धितीय र तृतीय क्रमशः नकुल रेग्मी र इश्वर केसी भएका छन् । नबिल बैंक र ईसेवा प्रायोजक रहेको उक्त अनलाइन प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने पल्लवी श्रेष्ठले तीस हजार रुपैयाँ प्राप्त गरिन् ।

कृषि तथा वनविश्वविद्यालय, रामपुर, चितवनमा बि.एस.सी एजी अध्यनरत श्रेष्ठले लकडाउनको समयमा पनि राष्ट्रियस्तरको प्रतियोगिताकोमा सहभागी हुन पाएको अनुभव निकै सुखद रहेको बताइन् । आफुले पहिलेदेखि नै विभिन्न हाजिरजवाफ प्रतियोगिताहरुमा पनि सहभागी हुदै आएको बताउदै श्रेष्ठले यस्तो सिर्जनात्मक कार्यक्रम आयोजना गरेकाले अयोजकलाई धन्यबाद पनि व्यक्त गरिन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>