चितवन विशेष

लायन्स रत्ननगर शान्ती चोकको अध्यक्षमा शिवाकोटी

Banner

चितवन, वैशाख १६–

लायन्स क्लब अफ रत्ननगर शान्ती चोकको अध्यक्षमा राजु शिवाकोटी चयन भएका छन् । मंगलबार भएको अनलाइन मार्फत पाचौँ अधिवेशनबाट शिवाकोटीको अध्यक्षतामा वर्ष २०२०/२१ का लागि नयाँ नेतृत्व चयन गरिएको हो ।

यस्तै क्लवको प्रथम उपाध्यक्षमा निलकण्ठ लामिछाने, द्धितीय उपाध्यक्षमा गोकुल पराजुली, सचिवमा लियो क्लब अफ रत्ननगर शान्ति चोकका पूर्वअध्यक्ष असिम गिरी र कोषाध्यक्षमा सन्देश विष्ट निर्वाचित भएका छन् । नवनिर्वाचित अध्यक्ष शिवाकोटीले आफ्नो कार्यकालमा क्लबलाई नयाँ गति दिने प्रतिवद्धता जनाए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>