Breaking News
कोरोना अस्पताल र भरतपुर महानगरको महत्वपूर्ण कागजात अख्तियारले लग्यो
०

चितवन, वैशाख १५–
अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाले भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल र भरतपुर महानगरपालिकाको महत्वपूर्ण कागजत नियन्त्रणमा लिएको छ ।
अख्तियारको टोलीले आज (मंगलबार) दिउँसो कोरोना अस्पतालमा छापा मारेको थियो । यस्तै सोही टोलीले कोरोना अस्पताल सम्बन्धित महत्वपूर्ण कागजातहरु भरतपुर महानगरबाट समेत जफत गरेको छ । ती सबै महत्वपूर्ण कागजात लिएर टोली हेटौंडा फर्किएको अख्तियार हेटौंडाका प्रमुख शिवकुमार कार्कीले नारायणी अनलाइनलाई जानकारी दिए ।
उनले विभिन्न संचारमाध्यममा अस्पतालमा चोरी र अनियमितता भएको खबर थापा भएपछि कागजातहरु नियन्त्रणमा लिइएको जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>