Breaking News

कोरोना भाइरस : २ लाख ११ हजारको मृत्यु

Banner

काठमाडौँ, वैशाख १६

कोरोना भाइरसको महामारीबाट २ लाख ११ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । विश्वका २१० मुलुक र २ वटा पानीजाहाजमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ११ हजार ४३३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट विश्वभर ४ हजार २८७ जनाको मृत्यु भएको छ भने ६५ हजार ८१९ जना संक्रमित भएका छन् ।

संक्रमित हुनेको कुल संख्या ३० लाख ६२ हजार ६२ पुगेको छ । कोरोना भाइरसको महामारीबाट अमेरिकामा मात्रै १० लाखभन्दा बढी संक्रमित भएका छन् ।

महामारीले अमेरिकामा मृत्यु हुने मानिसको संख्या ५६ हजार नाघेको छ ।

योसँगै कोरोनाको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ५६ हजार ६४९ पुगेको हो । पछिल्लो २४ घण्टामा त्यहाँ २० हजार ८३३ जना नयाँ संक्रमित थपिएका छन् ।

योसँगै संक्रमित हुने मानिसको संख्या १० लाख ८ हजार ४३ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये १ लाख ३७ हजार ७३९ जना उपचारपछि निको भएका छन् ।

उपचार गराइरहेका ८ लाख १३ हजार ६६५ जनामध्ये १४ हजार १७५ जनाको अवस्था गम्भीर रहेको छ ।

कोरोना भाइरसको महामारीले इटालीमा एकै दिन ३३३ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा मृतकको संख्या २६ हजार ९७७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ७३९ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १ लाख ९९ हजार ४१४ पुगेको छ ।

इटालीमा संक्रमितमध्ये ६६ हजार ६२४ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका १ लाख ५ हजार ८१३ जनामध्ये १ हजार ९५६ जनाको अवस्था गम्भीर रहेको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>