जोडिनुहोस
  • होमपेज
  • चितवनमा पत्रकार दुव्र्यवहार घटनाः सिडियो र एसपीले माफी मागे

चितवनमा पत्रकार दुव्र्यवहार घटनाः सिडियो र एसपीले माफी मागे

चितवन, वैशाख १५–

प्रहरीले पत्रकारमाथि अमानविय व्यवहार गर्दै गिरफ्तार गरेपछि जिल्ला प्रशासन कार्यालय चितवन र जिल्ला प्रहरी कार्यालय चितवनले माफी मागेको छ ।

घटना बारे जानकारी गराउन पुगेको पत्रकार टोलीसंग छलफल गर्दै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले प्रहरीबाट भएको गल्ती भएकोले सच्याउने प्रतिवद्धता जनाए । उनले भने–‘प्रहरीबाट घएको गल्ती सच्याउने प्रतिवद्धता जनाउने छु, आगामि दिनमा त्यस्तो अवस्था सिर्जना हुने दिने छैन ।’

यस्तै घटना बारे जानकरी गराएपछि जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङले पनि पत्रकारहरुसंग माफी मागेका छन् । उनले आगामि दिनमा त्यस्तो अवस्था हुन नदिने र पत्रकारको परिचय पत्र देखाउँदा दुव्र्यवहारको घटना हुन नदिने प्रतिवद्धता जनाए । उनले भने–‘घटना हुनु दुःखद हो, हाम्रो नियत होइन, कसरी भयो यस विषयमा बुझ्ने छु ।’

जिल्ला प्रहरी कार्यालयमा भएको छलफलमा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडालगायत सम्पूर्ण पत्रकारहरुले दोषी प्रहरी माथि कारवाही गर्न माग गरेका थिए ।

प्रहरीले आज विहान भरतपुरको चैबीसकोठीमा समाचार संकलनका लागि पुगेका कायाकैरन दैनिक समाचारपत्रका सम्पादक विनोदबाबु रिजाल र रेडियो त्रिवेणीमा कार्यरत पत्रकार अर्जुन अधिकारी माथि दूर्व्यवहार गर्दै गिरफ्तार गरेको थियो । उनीहरुमाथि अमानविय व्यवहार गर्दै क्वारेन्टिनसम्म पु¥याईएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका