चितवन विशेष

युनाईटेड टेक्निकल कलेज चितवनमा अनलाईनबाट कक्षा

Banner

चितवन,बैशाख १५-

युनाईटेड टेक्निकल कलेज (युटेक) भरतपुरले अनलाईन कक्षा शुरु गरेको छ । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) का कारण विश्वको शैक्षिक क्षेत्र प्रभावित भईरहेको बेला युटेकले अनलाईन कक्षा शुरु गरेको हो ।

कलेजमा स्नातक तहका सिभिल, इलेक्ट्रिकल र कम्प्युटर इञ्जिनियरिङ विषयको र स्नातकोत्तर तहमा कन्स्ट्रक्सन एण्ड म्यानेजमेण्ट विषयको अध्ययन हुँदै आएको छ । लकडाउन शुरु भएसँगै कलेजले निरन्तर विद्यार्थीसँग सम्पर्कमा रहँदै आएको कलेजका प्रमुख प्रशासकीय अधिकृत बिनोद ढकालले जानकारी दिनुभयो ।

लकडाउन लम्बिँदै गएपछि विद्यार्थीको पढाईलाई निरन्तरता दिन अनलाईनबाट कक्षा शुरु गरिएको ढकालले बताउनुभयो । अनलाईन कक्षा सञ्चालनका लागि प्राध्यापकहरुलाई पनि तालिम दिईएको छ ।

अनलाईन सिकाईलाई लिएर विद्यार्थीहरु पनि निकै उत्साहित भएको र उनीहरुको सहभागिता उत्साहजनक रहेको इलेक्ट्रीकल तथा कम्प्युटर विभागका विभागीय प्रमुख ई.सुलभ अधिकारीले जानकारी दिनुभयो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>