Breaking News

ओली र नेपालबीच भेट वार्तापछि दुवै टोलीबीच छलफल

Banner

काठमाडौं, वैशाख १५-

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेट वार्ता भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने तयारी तीव्र भइरहेका बेला ओली र माधव कुमार नेपाल बीच समझदारी गराउने प्रयास जारी छ ।दुई नेताबीच सोमबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको थियो ।

नेता नेपालनिकट स्रोतका अनुसार करिब १ घन्टा दुई नेताबीचको एक्लाएक्लै छलफलमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो ।

ओली र नेता नेपाल पक्षबीच आज निर्णयक वार्ता र छलफल हुँदैछ ।

त्यसका लागि दुबैपक्षबाट चारचार जना नेतालाई जिम्मेवारी दिइएको छ । जसमा ओली पक्षबा उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव बिष्णु पौडेल, ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली तोकिएका छन् ।

त्यस्तै नेपाल पक्षबाट बरिष्ठ नेता नेपालसहित स्थायी कमिटी सदस्यहरु भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तलाई तोकिएको जनाइएको छ ।

ओली पक्षका चार नेता र नेपाल पक्षका चार नेताबीच नेपाल निवास कोटेश्वरमा छलफल शुरु भएको छ ।

पछिल्लो शक्ति संघर्षमा नेता नेपाल निर्णायक भएपछि प्रधानमन्त्री ओलीले सहमति गरेर अघि बढ्ने प्रस्ताव आफू निकट नेता मार्फत नेपालसमक्ष राखेका छन् ।

नेकपामा केही दिनयता चर्को विवाद देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली आफ्ना ढंगले चल्न खोजेको भन्दै अर्का अध्यक्ष प्रचण्ड र नेता नेपालसमूहले स्थायी कमिटी बैठक बोलाउन माग गर्दै आएको छ ।

ओलीलाई प्रधानमन्त्रीबाट हटाउनेसमेत तयारी भएपछि नेकपाभित्रको विवाद उग्र बनेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>