अन्तर्राष्ट्रिय

दक्षिण कोरियाले भन्योः किम जोङ-उन ‘जीवित र स्वस्थ’ छन्

Banner

एजेन्सी,बैशाख १५-

उत्तर कोरियाका नेता किम जोङ-उनको ‘जीवित र स्वस्थ’ रहेको दक्षिण कोरियाले बताएको छ । मुटुको शल्यक्रियापछि नेता किमको स्वास्थ्य अवस्था गम्भीर रहेको दाबीसहितका खबर आएका बेला दक्षिण कोरियाको यस्तो टिप्पणी आएको हो ।

किमको स्वास्थ्य राम्रो रहेको र उनी जीवित नै रहेको दक्षिण कोरियाका अधिकारीले बताएका हुन् । दक्षिण कोरियाली राष्ट्रपति मून जे–इनका राष्ट्रिय सुरक्षा सम्बन्धी विशेष सल्लाहकार मून–चुङ्ग–इनले सिएनएनसँगको अन्तर्वार्तामा आइतबार भनेका छन्, ‘हाम्रो स्पष्ट भनाई यो छ कि कमि जोङ–उन जीवित र राम्रो अवस्थामा छन् ।’

नेता किम अहिले वुन्सान नामको रिसोर्ट टाउनमा रहेको उनले बताएका छन् । उत्तर कोरियाको पूर्वी तटीय क्षेत्रको वुन्सानमा नेता किम अप्रिल १३ देखि रहेको दक्षिण कोरियाली राष्ट्रपति मूनका विशेष सल्लाहारले बताएका छन् ।

अहिलेसम्म सो क्षेत्रमा कुनै पनि असामान्य गतिविधि नदेखिएको उनले सिएनएनसँग बताएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>