चितवन विशेष

१६ दिनदेखि मजदुर र मागेर खानेलाई निरन्तर खाना

Banner

चितवन, वैशाख १५–

चितवनका चार वटा संस्थाले संयुक्त रुपमा सुरु गरेको खाना खुवाउने कार्यक्रम १६ औं दिन पुरा गरेको छ । लकडाउनको अवधि निरन्तर बढ्दै गएसंगै खाना खुवाउने कार्यक्रमलाई समेत निरन्तरता दिइदै आइएको छ ।

उद्योग वाणिज्य संघ, चितवनको परिसरबाट दैनिक एक छाक खाना वितरण गर्दै आइरहेका छन् । नेपाल सुनचाँदी व्यवसायी संघ चितवन, सुनचाँदी बचत तथा ऋण सहकारी संस्था चितवन, विश्वकर्मा बचत तथा ऋण सहकारी संस्था र विश्वकर्मा सुनचाँदी व्यवसायी संजालको संयुक्त आयोजनामा चैत २९ गतेदेखि खाना खुवाउने कार्यक्रम भइरहेको छ ।

यो कार्य आज (आइतबार) १६ औं दिन पुगेको छ । आइतबार भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाह ठकुरी समेत कार्यक्रममा सहभागि भएर खाना वितरण गरिन् । सो क्रममा बोल्दै उपप्रमुख शाहले विपन्न वर्ग र दैनिक मागेर गुजारा चलाउँदै आएका व्यक्तिहरुलाई लक्षित गरी यो कार्यक्रम चलाउनु निकै उत्कृष्ट रहेको बताए । उनले भने–‘तपाइहरुले गरिरहेको काम नै वास्तविक समाजसेवा हो, तपाइहरुको साथमा म छु ।’ उपप्रमुख शाहले व्यवसायीहरुको हौसला प्रदान गर्दै महानगरपालिकासंग सहकार्य गर्दै अघि बढेकोमा खुशी व्यक्त गरिन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष विपेन्द्र रामुदामु (बिपिन)ले अन्य व्यक्तिहरुलाई विभिन्न संस्थाहरुले खाद्यान्न वितरण गरिरहँदा मागेर दिनचार्य गर्ने व्यक्तिहरु झनै समस्यामा परेकाले नियमित खाना खुवाउन थालिएको बताए ।

अर्का युवा व्यवसायी एवंम नेपाल सुचनाँदी व्यवसायी संघ चितवनका उपाध्यक्ष रुबिन रामुदामुले लकडाउनको अवधिसम्म यसरी नै नियमित खाना खुवाउने बताए । उनले अहिलेसम्म २ हजार बढी छाक खाना खुवाइ सकेको जानकारी दिँदै यसले दिनदुखीहरुमा खुशी ल्याएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>